Media Network

मन्त्रीले गरे इपीएस भाषा परीक्षा केन्द्रको अनुगमन


खबरस्टोरी संवाददाता

२१ असार २०७९,मंगलवार

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले इपिएस प्राणाली मार्फत कोरिया जाने कामदारको लागि लिइने भाषा परीक्षा केन्द्रको अुगमन गरेका छन् । मंगलबार दिउँसो ललितपुरको भैसेपाटीमा रहेको परीक्षा केन्द्रको अनुगमन गरेका हुन । 

मन्त्री कुँवरले परीक्षाको प्रकृति, तरिका र विद्यार्थीले पालना गर्नु पर्ने नियमका बारेमा पनि जानकारी दिएका थिए । रोजगारीका लागि नेपालबाट कोरिया जाने कामदारको वैदेशिक रोजगार विभाग अन्तरगत पर्ने ईपीएस कोरिया शाखाले प्रत्येक वर्ष परीक्षा लिने गर्दछ । यो वर्ष पनि जेष्ठ १९ देखि असार ३ गतेसम्म पहिलो चरण र असार १३ गतेदेखि दोस्रो चरणमा परीक्षा भइरहेको छ । एक पटक २ सय जनाले परीक्षा दिइरहेका छन् ।

अहिले विद्यार्थीले युविटी मार्फत परीक्षा दिइरहेका छन् । परीक्षाको एक दिनअघि विद्यार्थीको बायोमेटीक तथ्यांक राख्ने काम गरिन्छ । त्यसमा परीक्षामा सहभागी हुने विद्यार्थीको सबै जानकारी राखिन्छ र सोही आधारमा अर्को दिन कोरियनले परीक्षा लिने गर्दछ ।

यो वर्ष ४४ हजार नेपाली कृषि र पशुपालनतर्फको परीक्षामा सहभागी भएको इपीएस कोरिया शाखाका निर्देशक पुष्प कटुवालले जानकारी दिए ।   


Share:
Reaction :
ताजा समाचार
खेलकुद