Media Network

नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसामा पुनः कडाइ


खबरस्टोरी संवाददाता

१९ असार २०७९,आईतवार

काठमाडौं । नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय भिसा दिन कडाइ गरिएको छ । 

कोभिड संक्रमणपछि पहिले भन्दा सहज बनाइएकोमा पुनः कडाइ गरिएको छ । अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन् । तीन महिना अघिसम्म निवेदन दिएकामध्ये ९६ प्रतिशतसम्म विद्यार्थीले भिसा पाउने गरेका थिए ।

अहिले भने दैनिक तीन सयसम्म भिसा अस्वीकृत हुने गरेको नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)ले जनाएको छ । 

इक्यानका अनुसार लामो समयसम्म भिसा स्वीकृत वा अस्वीकृत भएको विषयमा जानकारी नदिने र अन्तिममा अस्वीकृत भएको भन्ने सन्देश नयाँदिल्लीस्थित अस्ट्रेलियन हाई कमिसनले पठाउने गरेको छ । तीन महिनाअघिसम्म निवेदन दिएको एक दिनमै पनि भिसा दिने गरिएको थियो । 

प्रक्रिया खुकुलो बनाएपछि प्लस टु अध्ययन पूरा गर्ने विद्यार्थीहरु ठूलो संख्यामा अष्ट्रेलिया अप्लाई गरिरहेका छन् । दिनहुँ नो अब्भजरभेजन लेटर लिन आउनेको अत्याधिक भिड लाग्ने गरेको छ । 

उच्च योग्यता भएका विद्यार्थीको समेत भिसा अस्वीकृत गरिएको इक्यानका अध्यक्ष प्रकाश पाण्डेले बताए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद