Media Network

बजेटः श्रम तथा रोजगारी क्षेत्रमा ९ अर्ब १३ करोड


खबरस्टोरी संवाददाता

१५ जेष्ठ २०७९,आईतवार

काठमाडौं । सरकारले श्रम तथा रोजगारी क्षेत्रका लागि ९ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आइतबार सार्वजनिक गरेको आगामी आ.व. २०७८÷८० का लागि राष्ट्रिय श्रम प्रतिष्ठान गठन गरिने उल्लेख छ । 

श्रम स्वीकृति काठमाडौं बाहिर पनि अनलाइनबाट लिन सकिने ब्यवस्था मिलाउनुका साथै वैदेशिक रोजगारीमा जानका लागि आवश्यक सीप तालिम प्रदान गरिने जनाइएको छ । 

यस्तै, वैदेशिक रोजगारीका लागि टेलिमेडिसिनको ब्यवस्था, वैदेशिक रोजगारीमा गएकाहरुका लागि सञ्चित लगानी कोषको ब्यवस्था, तथा वैदेशिक रोजगारबाट फर्किएका लागि उद्यमशिलका लागि सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बजेटमा उल्लेख छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद