Media Network

बेलायतमा रोजगारका लागि नर्स पठाउन सम्झौता हुँदै,कस्ता छन् मापदण्ड ?


खबरस्टोरी संवाददाता

२५ श्रावण २०७९,बुधबार

काठमाडौं । नेपाल सरकार र बेलायत सरकारबीच बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन सम्झौता हुने भएको छ । 

बेलायतमा स्वास्थ्य जनशक्ति पठाउन पहिलेदेखि नै प्रक्रिया अगाडि बढाए पनि दुई देशबीच सम्झौता हुन सकेको थिएन ।गत जेठ ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको थियो 

बुधवार मात्र बेलायती दूतावासका अधिकारीहरू श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आएर भदौ ६ मा सम्झौता पत्रमा हस्ताक्षर गर्ने भएका छन् ।

नेपालबाट नर्स मात्र नभई ल्याब असिस्टेन्ट, अनमी, बिएन नर्स, फार्मेसीस्ट लगायत पनि जान पाउने व्यवस्था गरिएको छ । बेलायती अहिले जाने नेपाली स्वास्थ्य जनशक्तिले  पाउने सेवा सुविधा एकै खालको छ । बेलायत जान आइएलटीएसलाई अनिवार्य गरिएको छ ।

नेपालबाट गएका स्वास्थ्य जनशक्तिले वार्षिक ३६ हजार पाउन्ड स्टर्लिङ सम्म कमाउन सक्ने छन् । अर्थात् वार्षिक झण्डै ५५ लाख नेपाली रुपैयाँ भन्दा बढी कमाउन सक्नेछन् । बेलायत जाने स्वास्थ्य जनशक्तिले नर्सिङ काउन्सिलबाट अनुमति पत्र लिएको हुनुपर्नेछ । यस्तै बेलायतमा गएर पनि त्यहाँको नर्सिङ काउन्सिलको अनुमति पत्र लिएको हुनुपर्नेछ । विभिन्न प्रक्रिया पु¥याएर गएका कामदार ५ वर्ष सम्म बसेर अनिवार्य रूपमा नेपाल फर्कनुपर्ने व्यवस्था गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद