Media Network

एनआईसी एशिया बैंकद्वारा विभिन्न पदहरुमा कर्मचारी माग


खबरस्टोरी संवाददाता

१८ श्रावण २०७९,बुधबार

काठमाडौे / एन आई सी एशिया बैंकले विभिन्न पदहरुका लागि कामदारहरुको माग गरेको छ ।

बैंकले सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको बैंकले डिजिटल बैंकिङ्ग, मार्केटिङ, आईटी, ब्लगर, भ्लगर लगायत दर्जनभन्दा बढी पदमा कर्मचारीहरु माग गरेको हो ।

 वित्तीय क्षेत्रकै सबैभन्दा धेरै रोजगारी सृजना गर्न सफल भएको यस बैंकले बजारमा उपलब्ध उत्कृष्ट प्रतिभालाई रोजगारी दिई उपयुक्त वातावरणमा काम गर्ने व्यवस्था मिलाउन लागेको जनाएको छ । यसका लागी  २०७९ भाद्र १ गतेसम्म आवेदन दिन सकिने व्यवस्था बैंकले गरेको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद