Media Network

गोर्खाली नभई सिङगापुरको आन्तरिक सुरक्षा चल्दैनः हिरञ्यलाल श्रेष्ठ


खबरस्टोरी संवाददाता

२६ जेष्ठ २०७९,बिहीबार

बेलायतले नेपाली युवाहरुलाई बिक्रि गर्ने बस्तुको रुपमा दुरुपयोग गरिरहेको छ । नेपाली बच्चाई बिक्रि गर्ने वस्तुको रुपमा दुरुपयोग मात्र होइन, भर्ति भएका र उनीहरुबाट आश्रित परिवारलाई पनि सुविधा नदिएर सिङगापुरका नागरिक र गोर्खालीप्रति सबैकुरामा भेदभाव गरिरहेको छ । नेपाली बच्चाहरुलाई वस्तुको रुपमा बिक्रि गर्ने कुरा ठीक छैन, त्यसैले गोर्खालीहरुले अधिकारका लागि गरेको जस्तोसुकै आन्दोलनमा पनि मेरो साथ, समर्थन र ऐक्यवद्धता रहन्छ । 

आजको २१ औँ शताप्दी पनि यसप्रकारको भेदभाव गर्नु एकदमै घातक भएकाले यसलाई हामी भत्र्सना गर्न चाहन्छौं । गोर्खालीहरुको समस्यालाई लिएर आफू संसदको परराष्ट्र समितिको सभापति हुँदा यसको रिपोर्ट तयार गरेर बुझाएको थिएँ । बेलायतको हाईकोर्टले सन् १९४७ को त्रिक्षीय सन्धि अब सान्दर्भिक छैन भन्ने फैसला सुनाएको थियो । 

अहिलेको विवादको कुरा गर्दा बेलायत अमेरिकाको पुच्छर बनेको छ । खासगरी बेलायत भन्दा पनि सिङ्गापुरलाई गोर्खाली चाहिएको छ । सिङगापुरको हरेक सुरक्षाका लागि बेलायतलाई नभई सिङ्गापुरलाई गोर्खाली चाहिएको छ । त्यहाँ मेलेशियन, चाइनिज तथा ठूलै संख्यामा इण्डियनहरु भए पनि भएकाले सिङगापुरको आन्तरिक सुरक्षाका लागि गोर्खाज चाहिएको छ । सिंगापुरमा जातीय द्वन्द्व छ, त्यसको मुख्य समस्या पहिचान गरेर सुरक्षित गर्न सक्ने क्षमता गोर्खासँग मात्रै छ । जातीय दंगा भइ रहने हुँदा गोर्खाली नभई सिङगापुरको आन्तरिक सुरक्षा चल्दैन । 

अहिले बेलायत भन्दा पनि सिङगापुरले आर्थिक रुपमा पनि विकास गर्दै गएको छ । सिंगापुरको जीडीपी बेलायतको भन्दा बढी छ ।  

नेपालका नेताहरु जाँदा टक्क खामभित्र डलर राखेर भेटी चढाउने र हाम्रा नेताहरुले आँखा चिम्लेर हस्ताक्षर गर्दिने जस्तो बेइमानी गर्दिनु भएन । सिङगापुर गोर्खा मात्र होइन, सबै गोर्खाहरुकोबारेमा नेपाल सरकारले वार्ता गरेर सम्मानहरु दिनुपर्छ । 

विभिन्न देशहरुमा भएका गोर्खा सैनिकहरुमा नेवार समुदायका छैनन् होला भन्ने लागेको थियो । तर सिंगापुर, मलेसिया, बर्मा लगायतका विदेशी मुलुकहरुमा ठूलो संख्यामा नेवारहरु रहेछन् । दोस्रो विश्वयुद्धमा पनि ती ठूलो संख्याका गोर्खाजहरुमा नेवारहरु पनि मारिएका छन् तर त्यसको अहिलेसम्म कुनै विवरणहरु कहिँकतै पनि भेटिदैनन् । अहिलेसम्म ती विवरणहरु मैले कतै देखेको छैन । 

हङकङ चाइनाबाट हारिसकेपछिको गोर्खाजहरुको पेन्सन बढाको थियो । त्यो पेन्सन बढाएपछि त्यताकै बसोबास गर्न अधिकार दियो भनेर यहाँको घर बेचेर लाहुरेहरु जान थाले । 

आफ्नो सुरक्षाका लागि गोर्खालीहरु चाहिरहने अनि, २१ औँ शताप्दी मा पनि यही पेन्सनमा पनि भेदभाब कायम गर्ने कुरा न्यायोचित हुनै सक्दैन । त्यसैले म पूर्वासांसद भएको नाताले संसदले सरकारलाई बुझाइसकेको डकुमेन्टको भावनाअनुसार संसारभरीका गोर्खालीहरुलाई सम्मानसहित समानरुपको ब्यवहार गरिनुपर्छ । 

(ब्रिटिस–गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) सिङ्गापुर गोर्खाज विभागको कार्यक्रममा श्रेष्ठले राखेको विचारको सम्पादित अंश)


Share:
Reaction :
ताजा समाचार
खेलकुद