Media Network

ज्योति विकास बैंकद्धारा कर्मचारी माग


खबरस्टोरी संवाददाता

५ भाद्र २०७९,आईतवार

काठमाडौं । ज्योति विकास बैंकले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै रिसर्चका लागि सिनियर अफिसरमा १ जना, ब्रान्च म्यानेजरका लागि सुपरभाइजरदेखि सिनियर अफिसरसम्ममा केही संख्यामा कर्मचारी माग गरेको हो । 

यस्तै, रिलेसनसिप म्यानेजरमा असिस्टेन्टदेखि जुनियर अफिसरसम्म केही, म्यानेजमेन्ट ट्रेनीका लागि २० जना र जुनियर असिस्टेन्टका लागि ५० जना कर्मचारीको माग गरेको कम्पनीको सूचनामा उल्लेख छ । 

बैंकले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा कार्यालय, कर्पोरेट कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले भदौ ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद