Media Network

क्लासिक टेकले माग्यो चार सय कर्मचारी


खबरस्टोरी संवाददाता

१७ श्रावण २०७९,मंगलवार

काठमाडौं । देशको ठुलो नेटवर्क सेवा प्रधायक कम्पनी क्लासिक टेकले देशै भरि थप चार सय बजार प्रतिनिधि पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले मासिक तलब रू २४ हजार पाँच सय तोकेको र जसमा सामाजिक सुरक्षा कोष , इन्सेन्टिभ समाबेश गरिएको कम्पनीले उल्लेख गरेको छ । यो बाहेक इन्धन तथा मर्मत सुबिधा र कर्पोरेट सिम कार्ड लगायतको समेत सुबिधा रहेको छ ।

आफ्नो गाँउ ठाँउसम्म पनि इन्टरनेटको पहुँच पुग्ने साथै डिजिटल नेपाल हुनमा पनि टेवा पुग्ने भयकोले यो रोजगार अत्यन्त महत्वपूर्ण रहनेछ । फ्रेसर तथा अनुभवी, पुरुष तथा महिला सबैलाई आवेदन दिन प्रोत्साहित गरिन्छ ।

इच्छुक व्यक्तिले आजै आबेदन दिन दिएर नजिकैको शाखामा अन्तर्वार्ता दिन सक्नेछन् । कम्पनीले थप जानकारीका लागि ९८०१००४४७७ मा फोन गरेर बुझ्न सकिने व्यवस्था गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद