Media Network

नायब सुब्बाहरु कार्यालय बहिष्कार गरी धर्नामा


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । कर्मचारीको तलब वृद्धिको क्रममा असमान भएको भन्दै नायब सुब्बा तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । प्रक्रिया मिचेर पर्याप्त अध्ययनबिनै कर्मचारीको तलब बढाउने सरकारी तयारी भएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । काठमाडौं उपत्यकाका नासु तहका कर्मचारीहरु मंगलबार कार्यालयमा सेवा नगरी उनीहरु सडक आन्दोलन गर्न पुगेका छन् । 

आन्दोलनरत सुब्बाहरुले मंगलबार सिंहदरबारभित्रै धर्नामा बसेका छन् । बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत र कर्मचारीभित्रै विभेद हुने गरी तलब बढाउन खोजिएको उनीहरूको भनाइ छ । नायब सुब्बाहरुले मंगलबार कार्यालय हाजिर नहुने दुई दिनअघि नै घोषणा गरेका थिए । 

सेवा प्रभावित हुने गरी कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि प्रस्तावित तलबमान कायम नगर्ने भनेर मन्त्रालयले प्रतिबद्धता जनाइसकेको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद