Media Network

राससका २२ जना पत्रकारलाई हटाउन लागिएको भन्दै विरोध प्रदर्शन


खबरस्टोरी संवाददाता

२८ आश्विन २०७९,शुक्रबार

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का २२ जनालाई पत्रकारलाई हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ र पेशागत पत्रकार संगठनहरुले विरोध जनाएका छन् ।लामो समयदेखि कार्यरत करार र ज्यालादारीमा कार्यरत पत्रकारहरुलाई आउँदो कात्तिक १ गतेदेखि हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकारका नेताहरुसहित संयुक्त बैठक बसेको थियो । 

बैठकले पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा असोज २८ गते १ बजे महासंघको अगुवाइमा रासस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद