Media Network

सेनामा जागिर खाने चाहना छ ? आजदेखि आवेदन खुल्यो


खबरस्टोरी संवाददाता

३१ भाद्र २०७९,शुक्रबार

काठमाडौं । तपाईँ नेपाली सेनामा जागिर खाने सोंच्दै हुनुहुन्छ ? नेपाली सेना भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदपूर्तिका लागि आवेदन मागेको छ । 

नेपाली सेनाले अधिकृत क्याडेट पदको लागि दरखास्त आह्वान गरेको हो । शुक्रबारदेखि असोज २९ गतेसम्म आवेदन दिन सकिने सार्वजनिक सूचनामा उल्लेख छ ।  दोब्बर दस्तुर बुझाइ कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । 

खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ पदका लागि आवेदन आह्वान गरिएको छ । नेपाली सेनाका सन्तति ११, महिला २२, आदिवासी जनजाति ३०, मधेसी २८, दलित १४, पिछडिएको क्षेत्र ७ र बाँकी ११७ खुलाका लागि आवेदन आह्वान गरिएको हो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद