Media Network

नीमा एकेडेमी ई–लर्निङ्ग एपद्वारा मनसुन अनलाइन एडुफेस्टको तयारी


खबरस्टोरी संवाददाता

२८ असार २०७९,मंगलवार

काठमाडौं। यहीँ असार २९ गते, गुरु पूर्णिमाको अवसर पारी नीमा एकेडेमी ई–लर्निङ्ग एपले  शैक्षिक सत्र २०७९ को प्रारम्भिक चरणमा  डिजिटल सिकाईका  अफरहरू सहित मनसुन अनलाइन एडुफेस्ट गर्ने तयारीमा जुटेको छ । 

मनसुन अनलाइन एडुफेस्ट नाम दिएको उक्त ज्ञान मेला डिजिटल माध्यममा एक हप्तासम्म चल्नेछ। नीमा एकेडेमी ई–लर्निङ्ग प्लेटफर्मले पाठ्यक्रम विकास केन्द्रद्वारा अनुमोदित, विशेष गरी कक्षा १ देखि १० सम्मका  विद्यार्थीहरूलाई लक्षित गरी अनलाइन पाठ्यक्रमहरूको बन्डल प्याकेज भारी छुटमा प्रदान गर्दैछ। उदयमान विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा किफायती मूल्यमा आकर्षक उपहार सहित  उपलब्ध गराउने कुरा कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । 

यसका साथसाथै नीमा एकेडेमीले आगामी दिनहरूमा अफर, योजना, सदस्यता सुविधाहरू र  विद्यार्थी, शिक्षक, विद्यालय र विद्यार्थीहरूलाई लक्षित गरी लाभदायी प्याकेज ल्याउने बारे खुलाएको छ। मूख्यतः मनसून अफर अन्तर्गत शिक्षार्थीहरूलाई कक्षा १ –१० सम्मका जुनकुनै पाठ्यक्रमहरूको वार्षिक प्याकेज खरिद गर्दा ३० प्रतिशसम्मको छुटको व्यबस्था गरेको छ । 

नीमा एकेडेमीका अनलाइन कोर्सका  विषयवस्तु, पाठ्यक्रम शिक्षण सामग्री – ईपुस्तक, भिडियो, खेल, हाजिरीजवाफ, असाइनमेन्ट र एनिमेसनमा आधारित छन् । नेपाली बजारमा भौतिक रुपमा प्रर्दशनी, मेला हुने गरेपनि डिजिटल माध्यम त्यसमा पनि अनलाईन शिक्षा क्षेत्रमा ज्ञानमेला नयाँ प्रयास मानिने समेत कम्पनीले अवगत गराएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद