Media Network

नेपाल टेलिकमद्धारा लिज लाइनको महशुल दर पुनरावलोकन


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौं। नेपाल टेलिकमले लिज लाईन पुनरावलोकन गरेको छ । टेलिकमले आफुले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटी को नयाँ महशुल दर कायम गरेको हो । गत असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुने गरी कायम गरिएको टेलिकमले जनाएको छ । 

यस अन्र्तगत इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २५ सय रुपैयाँ रहेकोमा अब १६ सय रुपैंयाँ मात्र हुने छ  । त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २३ सय रुपैंयाँबाट घटाएर १६ सय रुपैयाँमा कायम गरिएको छ ।  ५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २१ सय र १९ सय रुपैंयाँ रहेकोमा अब दुबैको महशुल दर १५ सय रुपैंयाँ कायम गरिएको छ । 

इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २७ सय रुपैंयाँ रहेकोमा अब २४ सय रुपैंयाँ र ११ देखि १०० एमबीपीएसको २४ सय रुपैंयाँ रहेकोमा अब २१ सय रुपैंयाँ र १०० एमबीपीएस भन्दा बढीको २१ सय रुपैंयाँ रहेकोमा अब १८ सय रुपैंयाँ मात्र कायम गरिएको टेलिकमले जानकारी दिएको छ । 

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको जनाएको छ ।  यो सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भईरहने जानकारी पनि टेलिकमले दिएको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद