Media Network

नासाले अमेरिका भन्दा बाहिरबाट गर्‍यो अन्तरिक्षयानको प्रक्षेपण


खबरस्टोरी संवाददाता

१३ असार २०७९,सोमबार

काठमाडौं । नासाले अमेरिका भन्दा बाहिर अष्ट्रेलियाको उत्तरी भूभागबाट सोमबार पहिलो पटक अन्तरिक्षयानको सफल प्रक्षेपण गरेको छ । 

नासाले अमेरिकी भूभाग भन्दा बाहिरको व्यावसायिक स्पेसपोर्ट (अन्तरिक्ष प्रक्षेपण गर्ने स्थान) बाट अन्तरिक्षयान प्रक्षेपण गरेको यो नै पहिलो पटक हो। प्रक्षेपण गरिएको अन्तरिक्षयानले पृथ्वीको सबैभन्दा नजिक रहेको अल्फा सेनटोरी ए र बी समूहका ताराहरूको भ्रमण गर्नेछ ।

अष्ट्रेलियाको लागि अल्फा सेन्टोरी निकै नै महत्त्वपूर्ण छ । यो स्टार सिस्टमलाई अष्ट्रेलियाको दक्षिणी भूभागबाट मात्र देख्न सकिन्छ । 

 यो सँगै अष्ट्रेलियाबाट अर्को दुई प्रक्षेपण जुलाई २ र जुलाई १२ मा हुने जानकारी प्राप्त छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद