Media Network

अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाका निमित्त कार्यकारी अधिकृत टकदत्त प्याकुरेलसहित चार जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

हुम्लाको अदानचुली–१ स्थित थलाल्नादेखि कल्खेसम्म र वडा नं. ४ स्थित लौठीदेखि रिल्म हुँदै बिगोठीसम्मको सडक निर्माणमा उनीहरुले २१ लाख ४७ हजार ४९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले उनीहरू विरुद्ध विशेष अदालत काठमाडौँमा आइतबार मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा अदानचुली गाउँपालिकाका इन्जिनियर मकरध्वज शाही, असिस्टेण्ट सव–इन्जिनियर विनोद थापा र ठेकेदार गणेश भण्डारी रहेका छन् ।

दायर गरिएको मुद्दामा उनीहरू सबैसँग २१ लाख ४७ हजार ४९२ रुपैयाँ बिगो दाबी गरिएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद