Media Network

चर्चा हिउँ चितुवाको


खबरस्टोरी संवाददाता

२४ कार्तिक २०७९,बिहीबार

काठमाडौं । पछिल्लो समयमा अमेरिकी फोटोग्राफर कितिया पावलोभ्स्कीले सगरमाथा क्षेत्रको ५ हजार मिटरमाथिबाट खिचेको हिउँ चितुवाको फोटो एकाएक भाईरल बन्यो ।

नेपालस्थित अमेरिकी दुतावासले पावलोभ्स्कीका फोटो सेयर गरेपछि विभिन्न संचार माध्यम र सामाजिक संजालमा तस्बिर भाइरल बन्न पुगेको थियो ।नेपालको हिउँ चितुवाको फोटो खिच्न पनि विदेशी नै आउनुपर्ने आशयका थु्रपै टिप्पणीहरु सामाजिक संजालमा देखिए ।

सोहि सन्दर्भमा  मनाङको १६ सय मिटर उचाइमा नेपाली फोटो पत्रकार चुङ्बा शेर्पा र टासी आर घलेले खिचेको हिम चितुवाको फोटो यतिखेर सामाजिक संजालमा देखिन थालेको छ । 

मनाङको ४६ मिटरको उचाइमा शेर्पाले १६ दिन लगाएर खिचेको फोटो अचानक सञ्जालहरुमा सार्वजनिक भयो ।

उक्त हिम चितुवाको फोटो नेपाली फोटो पत्रकार चुङ्बा शेर्पाले खिचेका हुन्। उनले मनाङमा ४,६०० मिटर उचाइमा १६ दिनको यात्रा गरेर यो फोटो खिचेका थिए। उनले नै हालै नेपालमा रहेको जंगली याकको फोटो पनि खिचेका छन्।’

नेपालीले खिचेको हिउँ चितुवाको तस्बिर झनै प्रष्ट र आकर्षक देखिन्छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद