Media Network

काठमाडौंमा एकाविहानै भूकम्पको धक्का


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौँ । शनिवार एकाविहानै काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको  छ । विहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महशुस गरिएको हो । नुवाकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको महशुस काठमाडौंमा पनि गरिएको हो । नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ ।

यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो।

हालसम्म यसै महिनामात्र ४ वटा भूकम्प गइसकेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद