Media Network

मदन पुरस्कारका लागि श्रेष्ठ ८ पुस्तकको सूची सार्वजनिक


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौँ। मदन पुरस्कार २०७८' का लागि श्रेष्ठ आठ पुरस्तक छनोट भएका छन्। पुरस्कारका लागि प्राप्त २९९ पुस्तकबाट आठ पुरस्तक छनोट भएको मदन पुरस्कार गुठीले जनाएको छ। 

श्रेष्ठ आठ पुस्तकमा. नवराज लम्सालको अग्नि, दामोदर पुडासैनीको नीलो बतास, बसन्त बस्नेतको महाभारा, दिपा मेवाहाङराईको यादको सन्दुक, डा. नयनाथ पौडेलको लिच्छवि लिपि, प्रा. नीलमणि ढुङ्गानाको संस्कृत–नेपाली शब्दकोश, सुजित मैनालीको सती, पद्मसुन्दर जोशीको हिति प्रणाली छानिएको मदन पुस्तकालयले जनाएको छ ।

छनोटमा परेका यी पुस्तकहरूमध्ये एक पुस्तकलाई सर्वश्रेष्ठ पुस्तकका रूपमा वर्ष २०७८ को मदन पुरस्कार दिइने छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद