Media Network

नेपाल टेलिकमको ग्रुप म्यासेज सेवा प्रभावकारी


खबरस्टोरी संवाददाता

२५ कार्तिक २०७९,शुक्रबार

काठमाडौं।नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश अर्थात ग्रुप म्यासेज सेवा प्रभावकारी बनेको नेपाल टेलिकमले जानकारी दिएको छ ।  यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । 

यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ । यस अफरमा आवश्यकता बमोजिम दुई हजार, पाँच हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा दुई हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत एक हजार (एक हजार,करबाहेक) मा दुई दिन भित्रमा दुई हजार सन्देश पठाउन सकिने छ । यसैगरी पाँच हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा २५ सय रुपैंयाँ (२५ सय कर बाहेक) मा पाँच दिन भित्रमा पाँच हजार सन्देश पठाउन सकिने छ । यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा पाँच हजार रुपैंयाँ (पाँच हजार,करबाहेक) मा १० दिन भित्रमा जम्मा १० हजार हजार वटा सन्देश पठाउन सकिने छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिन्छ । 

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्वेवार हुनु पर्ने नेपाल टेलिकमले जानकारी दिएको छ । यो सेवा प्रयोग गर्नका लागि जततउकःररनचयगउकmक।लतअ।लभत।लउ लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो सम्र्पकमा भएका नम्बरहरु एक्सेल सिट मार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । 

 


Share:
Reaction :
ताजा समाचार
खेलकुद