Media Network

पशुपतिक्षेत्रमा टिकटक बनाउन निषेध


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौँ । अब पशुपतिनाथ मन्दिरक्षेत्रमा टिकटक, फोटो र भिडियो बनाएको खण्डमा पशुपति क्षेत्र विकास कोषले मोबाइल जफत गर्ने भएको छ। साउनको चौथो सोमबारमा पशुपतिनाथको मन्दिरमा महिला भक्तजनको बाक्लो भीड छ संगै मन्दिरको मूलढोकादेखि नै महिलाहरु विभिन्न भाकामा टिकटक बनाउन अस्थव्यस्त रहेका छन्। 

धेरैजसोको मन्दिर जानेहरुमध्येको मुख्य उद्देश्य फोटो खिच्ने, टिकटक बनाउने र सामाजिक सञ्जालमा पोष्ट गर्ने प्रवृत्ति बढेपछि पशुपति क्षेत्र विकास कोषले फोटो र भिडियो खिच्न निषेध गरेको छ । दर्शनार्थी तथा तीर्थयात्रीहरूले अटेर गरी भिडियो वा फोटो खिचे त्यस्ता मोबाइल, स्मार्ट वाच तथा अन्य उपकरण जफत गरेर जरिवाना तिराउने चेतावनी दिएको छ ।

पशुपति क्षेत्र विकास कोषले फोटो वा भिडियो खिचेको थाहा भएमा जरिवाना शुल्क सम्बन्धित बैंकमा बुझाएपछि उक्त फोटो भिडियो हटाएर मात्रै दर्शनार्थी, तीर्थयात्रीहरूलाई सम्बन्धित उपकरण फिर्ता गराउने भएको छ ।

‘पशुपतिनाथ मन्दिर र मन्दिर परिसर समेतको फोटो खिच्न नपाइने सम्बन्धी सूचना नेपाली–अंग्रेजी भाषामा र सांकेतिक रुपमा समेत पर्याप्त मात्रामा मन्दिर परिसरमा सूचना टाँस गरिएको छ ' कोषले जारी गरेको सूचनामा उल्लेख छ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद