Media Network

भन्सार छली अवैध रुपमा ल्याएको सामान जफत, चार जना पक्राउ


खबरस्टोरी संवाददाता

२४ श्रावण २०७९,मंगलवार

काठमाडौं । कैलाली भन्सारमा अवैध रुपमा ल्गाएको सामान जफत भएको छ । सोमबार राति धनगढी उपमाहानगर२ मा २ जना महिलाले अवैध रुपमा ल्याएको सामान जफत गर्ने खोज्दा विवाद भएको थियो ।

धनगढी उपमहानगरपालिका–२ की रिता कुँवर र अञ्जु कुँवरले भारतबाट ल्याइरहेको समान बरामद गर्ने क्रममा वादविवाद भएको हो ।सोही क्रममा त्यहाँ पुगेका रिताका श्रीमान कालुसिंह कुँवरले भन्सार कार्यालयको गाडीमाथि तोडफोड गरेको बताउँदै उनीसहित अन्य दुई महिला र भन्सार कार्यालयका सवारी चालक रोहित महतालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भइरहेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद