Media Network

निर्वाचन तयारी : प्रहरी र सशस्त्रमा एआईजीको नेतृत्वमा सेल


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा तयारी थालेको छ ।

त्यसका लागि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले कार्य विभागका प्रहरी अतिरिक्त महानिरीक्षक  सहकुलबहादुर थापाको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल बनाएका छन् ।थापाको नेतृत्वमा रहेको सेलमा मानवस्रोत तथा प्रशासन, सञ्चार, कम्युटरलगायत अधिकृतहरुसहित २५ जना  सदस्य छन् । 

सेल नै प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि सुरक्षा योजना बनाउनेछ । त्यसलाई गृह मन्त्रालयमा पेश गरिनेछ र मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ ।सशस्त्र प्रहरी बलमा पनि महानिरीक्षक राजु अर्यालले कार्य तथा सीमा सुरक्षा विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय निर्वाचन सेल गठन गरेका छन् 

दुवै प्रहरी संगठनको केन्द्रीय निर्वाचन सेलले प्रदेश र जिल्लामा निर्वाचन सेल गठन गर्न पनि सहजिकरण गर्ने बताइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद