Media Network

१२ थान मोबाइलसहित भारतीय नागरिक प्रहरीको फन्दामा


खबरस्टोरी संवाददाता

२० श्रावण २०७९,शुक्रबार

काठमाडौं। १२ थान मोबाइलसहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।  भन्सार छली चोरी गरी ल्याएको मोबालसहित भारत पञ्जाब घर भई गौसला बस्दै आएका ३५ वर्षीय संदीप अहुजालाई काठमाडौं उपत्यका अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

अहुजाले आइफोन, सामसुङ, ओपोलगायत १२ थान मोबाइलसहित पक्राउ परेका थिए। उनलाई गौशालाको होटल कल्चर इनबाट  पक्राउ गरिएको थियो।

प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार उनको साथमा आइफोन एक्सआर, भिभो र इन्फिनिक्स एक-एक थान, सामसुङ मोबाइल दुई थान र ओप्पो ७ थान बरामद भएको छ। 

Share:
Reaction :
ताजा समाचार
खेलकुद