Media Network

देशभर ४४ मतदान केन्द्रमा विवाद, ३५ राउन्ड हवाइ फायर


खबरस्टोरी संवाददाता

४ मंसिर २०७९,आईतवार

काठमाडौँ  ,  देशभर २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान कार्य प्रभावित भएको छ । आइतबार बिहानैदेखि प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेकोमा विभिन्न विषयमा विवाद तथा झडप हुँदा २५ जिल्लाका ४४ वटा मतदान केन्द्रमा मतदान रोकिएको थियो ।नेपाल प्रहरीका प्रवक्ता डीआइजी टेकप्रसाद राईका अनुसार मतदान रोकिएकामध्ये ३२ वटामा पुन मतदान भएको थियो ।

डीआइजी राईले विवाद र झडप हुँदा स्थिति नियन्त्रण गर्न प्रहरीले १५ ठाउँमा गोली चलाएको  थियो । विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १५ ठाउँमा ३५ राउन्ड हवाई फायर गरेको  थियो । प्रहरीकाअनुसार रौतहट, सिराहा, चितवन, दोलखा, बाजुरा, हुम्ला लगायत जिल्लाहरुमा हवाई फायर भएको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद