Media Network

उपत्यकामा एकै दिन ३ हजार बढी सवारी चालक कारवाहीमा


खबरस्टोरी संवाददाता

९ आश्विन २०७९,आईतवार

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारवाही गरेका छ।शनिबार उपत्यकामा ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने कुल ३ हजार ३३५ जना सवारी चालकलाई कारवाही गरेको थियो।

ट्राफिक प्रहरीले उपत्यकामा मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाउने २२३ जना चालकलाई कारवाही गरेको छ।

कारवाहीमा पर्नेमा लेन अनुशासन पालना नगर्ने ४३ जना, रेड लाइडमा सवारी साधन चलाउने ८५ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १७४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३९ जना चालक रहेका छन्।

यस्तै, २ हजार ७७१ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद