Media Network

बुढीगंगा नगरपालिकामा मेयर उपमेयर दुवै एमाले निर्वाचित


खबरस्टोरी संवाददाता

२६ असार २०७९,आईतवार

धनगढी । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपपमेयर दुवैमा नेकपा एमाले निर्वाचित भएको छ । 

नगर प्रमुखमा एमालेका रामबहादुर बाँनिया ४ हजार ७ सय ७७ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत प्राप्त गरे । 

यस्तै, उपमेयरमा पनि एमालेकी माया कुमारी खड्का (कुवँर) निर्वाचत भएकी छन् । उनले ४ हजार ७ सय २७ मत प्राप्त गरिन् ।  

उनकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले ३ हजार ७५५ मत ल्याइन् । 

१० ओटा वडा रहेको बुढीगंगाका ७ वडामा नेकपा एमाले र ३ वडामा काँग्रेसले जितेको छ । 

एमालेका वडा नम्बर १ मा रणबहादुर थापा, २ मा पदमबहादुर भण्डारी, ३ मा खड्कबहादुर अधिकारी, ५ मा चक्रबहादुर थापा, ६ मा हेमराज जैसी, ९ मा मीनबहादुर सिंह, १० मा दलबहादुर सावद निर्वाचित भए । 

नेपाली कांग्रेसबाट वडा नम्बर ४ मा मीनबहादुर शाह, ७ मा भवन सिंह केसी र ८ मा रमेशबहादुर रावल निर्वाचित भए । 

१३ हजार ६५९ मतदाता रहेको बुढीगंगामा ९ हजार १२८ मत खसेको थियो ।

गत वैशाख ३० गते भएको चुनावमा सत्ता पक्ष र प्रतिपक्षी दुबैले बुथ कब्जा गरेको पुष्टी भएपछि निर्वाचन आयोगले मतदान रद्द गरेको थियो । मतदान रद्द गरिएपछि विहीबार आयोगले बुढीगंगा नगरपालिकामा पुनः मतदान गराएको थियो । 

बुढीगंगा नगरपालिकाको परिणाम आएसँगै देशभरका ७ सय ५३ पालिकामध्ये नेकपा एमालेले ८३ प्रमुख तथा १ सय २३ अध्यक्ष जितेको छ । स्थानीय तहमा एमाले दोस्रो बनेको छ । 



Share:
Reaction :
ताजा समाचार
खेलकुद