Media Network

जुम्लाबाट उम्मेदवार बन्ने ज्ञानेन्द्र शाहीको घोषणा


खबरस्टोरी संवाददाता

२३ श्रावण २०७९,सोमबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट उम्मेदवार बन्ने घोषणा गरेका छन् ।सोमबार काठमाडौंमा आफू निकट नेता कार्यकर्ताको उपस्थितिमा शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन् । शाहीले आफू जुम्लामै जन्मिएको हुँदा जुम्लाबाटै निर्वाचन लड्न लागेको बताए । 

शाहीले आफूलाई ठूलो जनसंख्या भएको चितवन, नवलपरासी, रुपन्देही लगायतका जिल्लाबाट चुनाव लड्न सुभेच्छुकहरुले आग्रह गरे पनि आफूले नजित्ने नै भए पनि आफ्नो मातृभूमीबाटै निर्वाचन लड्न लागेको स्पष्ट गरे । 

पार्टीको ब्यानर राखेर शाहीले उम्मेदवार घोषणा गरे पनि राष्ट्रिय झण्डा ओढेको तस्विर तथा कार्यक्रमस्थलमा राष्ट्रिय झण्डा नै टाँगेका थिए । शाहीको उम्मेदवार घोषणा कार्यक्रममा जुम्लाका राप्रपा नेताहरुको उपस्थिति थियो । 

भ्रष्टाचारविरुद्धको अभियान चलाएर चर्चामा अएका शाही राप्रपा विभाजित भएपछि स्थानीय तहको निर्वाचनअघि राप्रपा प्रवेश गरेका थिए । राप्रपा प्रवेश गरेका शाहीलाई राप्रपाले पार्टी प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रदेश र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर ४ गते हुँदैछ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद