Media Network

कावासोतीमा मृत गैँडा फेला


खबरस्टोरी संवाददाता

२० फाल्गुन २०७८,शुक्रबार

नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ । कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । 

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेश तिवारीले स्थानीयले खबर गरेपछि मृत गैँडाबारे जानकारी पाइएको बताए । “सामुदायिक वनको बेलघारी सोराहामा निउसो टिप्न गएका स्थानीयवासीले मृत गैँडा देखेपछि निकुञ्जलाई खबर गर्नुभएको थियो”, तिवारीले भने, “त्यसपछि निकुञ्जको टोली गएर मृत गैँडाको मुचुल्का उठाउने र त्यसको व्यवस्थापन गर्ने काम गर्यो ।” मृत गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीले जानकारी दिए ।

आज भेटिएको यो सँगै चालु आर्थिक वर्ष २०७८/७९ मा मा ३० वटा गैँडा मृत फेला परेका तिवारीले बताए । यस वर्ष हालसम्म मरेका गैँडामध्ये २८ गैँडा प्राकृतिक कारण र बाघको आक्रमणबाट मरेका हुन् भने दुई गैँडा चोरी शिकारीका कारण मरेका तिवारीको भनाइ छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद