Media Network

माओवादीबाट निर्वाचित पूर्व पालिका अध्यक्ष स्वतन्त्रबाट लड्दै


खबरस्टोरी संवाददाता

२२ श्रावण २०७९,आईतवार

काठमाडौं । कालिकोटको पलाँता गाउँपालिका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बमले स्वतन्त्रबाट आसन्न प्रदेशसभा सदस्यमा लड्ने भएका छन् । उनले कालिकोट प्रदेशसभा (ख) बाट स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका छन् ।

बम २०७४ को स्थानीय तहको चुनावमा नेकपा (माओवादी केन्द्र) बाट पलाँता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । 

२०७९ को दोस्रो स्थानीय चुनावको बेला पार्टी भित्र विवाद हुँदा बमले आफू स्वतन्त्र रहेको घोषणा गरेका थिए । आउने मंसिर ४ गते प्रदेशसभाको चुनावमा उनी कसको समर्थनमा चुनाव लड्न लागिरहेका छन् भन्ने उनले खुलाएका छैनन् । 

स्थानीय सरकार गठनको पहिलो कार्याकालमा बमले निर्माण कार्यदल बनाएर देशभर नै चर्चा पाएका थिए । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद