Media Network

मंसिर २ गते निर्वाचन गर्न आयोगको प्रस्ताव


खबरस्टोरी संवाददाता

२२ असार २०७९,बुधबार

काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचन प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् । 

आयोगका पदाधिकारीले एकै चरणमा निर्वाचन गर्ने गरी मंसिर २ गतेको प्रस्ताव अघि सारेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । कम्तिमा १ सय २० दिन निर्वाचन तयारीको अवधि हुने गरी आयोगले निर्वाचनको मिति प्रस्ताव गरेको हो । 

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी थिए । 

आयोगले प्रस्ताव गरेको मितिमा निर्वाचन घोषणा गर्नेबारेमा प्रधानमन्त्री देउवाले सत्ता गठबन्धन दलहरुसँग छलफल गर्ने भएका छन् । आयोगले निर्वाचनको तयारी स्वरुप देशैभर मतदाता नामावली कार्य जारी राखेको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद