Media Network

पौडेललाई हराउने दाउमा गठबन्धन, जनमुक्तिलाई समर्थन


खबरस्टोरी संवाददाता

९ कार्तिक २०७९,बुधबार

काठमाडौं । सत्ता गठबन्धन दलहरु नेकपा एमालेका महासचिव रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णु पौडेललाई हराउने दाउमा लागेका छन् । 

सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज भएपछि एमालेलाई हराउने रणनीतिमा जनमुक्ति पार्टीलाई गठबन्धनले समर्थन जनाएको छ । रुपन्देही क्षेत्र नं २ मा जनमुक्ति पार्टीका केशव बहादुर थापा उम्मेदवार छन् । यो निर्वाचन क्षेत्रमा जनमुक्ति पार्टीका उम्मेदवार थापालाई गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रुपमा समर्थन गर्ने निर्णय गरिएको गठबन्धनका चार शीर्ष नेताद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

यसअघि रुपन्देही २ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी)का गुरुङको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेको थियो । आयोगको निर्णयविरुद्ध गठबन्धन दलहरुले सर्वोच्च अदालत गुहारेका थिए । सर्वोच्चले पनि आयोगको निर्णयलाई सदर गरेको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद