देशक...">
Media Network

सबै महानगरपालिकमा विहानबाट मतगणना सुरु


खबरस्टोरी संवाददाता

३१ बैशाख २०७९,शनिबार

काठमाडौं । देशका सबै महानगरपालिकामा आज विहानबाट मतगणना सुरु हुँदैछ । 

काठमाडौं महानगरपालिकामा बिहान ८ बजेदेखि मतगणना हुने जनाइएको छ भने ललितपुर महानगरपालिकामा बिहान ७ बजेदेखि । 

काठमाडौं महानगरपालिकाको मतगणनान गणनास्थलमा राखिने प्रतिनिधि संख्यामा विवाद भएपछि राती सुरु हुन सकेको थिएन । प्रतिनिधिको संख्या मिलेपछि विहान ८ बजेबाट सुरु गरिन लागिएको हो । 

भरतपुर महानगरपालिकामा पनि बिहान ८ बजेपछि मतगणना सुरु गरिने सहमति भएको छ । 

विराटनगरमा बिहान ८ बजेदेखि मतगणना सुरु हुनेछ । पोखरा महानगरपालिकामा बिहानदेखि मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद