Media Network

दल दर्ताको निवेदन दिने समय भोलिदेखि साउन ३१ सम्म


खबरस्टोरी संवाददाता

२१ श्रावण २०७९,शनिबार

काठमाडौं । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि भोलि साउन २२ गते आइतबारदेखि दल दर्ताका लागि आवेदन खुला गरिएको छ । राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा साउन २२ गतेदेखि साउन ३१ गतेसम्म निवेदन दिन निर्वाचन आयोगले आह्वान गरेको छ । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि आयोगले दल दर्ताको आह्वान गरेको हो । 

दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधिसभा सदस्यको छुट्टै र प्रदेशसभा सदस्यको हकमा प्रदेशगत रुपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्ने आयोगले जनाएको छ । 

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम २ वा दुई भन्दा बढी दलले एकल चुनाव चिन्ह लिइ निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिँदा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची १३ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने ब्यवस्था निर्वाचन आयोगले गरेको छ । 

आयोगको सूचनाः 


Share:
Reaction :
ताजा समाचार
खेलकुद