Media Network

देशभरबाट ३ सय ७६ जनाको उम्मेदवारी फिर्ता


खबरस्टोरी संवाददाता

२७ आश्विन २०७९,बिहीबार

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका मध्ये देशभरबाट ३ सय ७६ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिएका १ सय १९ र प्रदेशसभातर्फ २ सय ५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 


प्रतिनिधिसभामा २ हजार ५ सय ३१ जनाले उम्मेदवारी दिएकामा फिर्तापछि अब २ हजार ४ सय १२ उम्मेदवार कायम भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले बताए । यसमा २ हजार १ सय ८७ पुरुष र २ सय २५ महिला छन् । त्यस्तै, प्रदेशमा अब ३ हजार २ सय २४ उम्मेदवार कायम भएका छन् ।  यसमध्ये पुरुष २ हजार ९ सय ४३, महिला २ सय ८० जना र तेस्रो लिंगी १ जना छन् ।

निर्वाचन आयोगले बुधबार बेलुका उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेको हो । आयोगद्वारा प्रकाशित उम्मेदवारहरूको अन्तिम नामावली अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४१२ उम्मेदवार चुनावमा भिड्ने छन् भने प्रदेशसभाका लागि ३ हजार २२४ जना उम्मेदवार कायम भएका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ सबैभन्दा बढी उम्मेदवार काठमाडौं क्षेत्र नम्बर १ र सबैभन्दा कम हुम्ला र मनाङमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

काठमाडौ १ मा १० महिलासहित ३२ जना उम्मेदवार छन् । सबैभन्दा कम हुम्ला र मनाङमा ३ –३ जना उम्मेदवार छन । निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनसँगै बुधबार नै उम्मेदवारहरूलाई चुनाव चिन्ह पनि प्रदान गरेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद