Media Network

दुवै सदनबाट नागरिकता विधेयक पारित, जनतामा आक्रोश


खबरस्टोरी संवाददाता

१३ श्रावण २०७९,शुक्रबार

काठमाडौं । नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएको छ । यो विधेयक राष्ट्रिय सभाले प्रतिनिधि सभा र प्रतिनिधिसभाले राष्ट्रपतिसमक्ष पठाउनेछ । राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछ ।

प्रतिनिधिसभाले गत ६ साउनमा पारित गरेको विधेयक बिहीबार राष्ट्रियसभाबाट समेत पारित भएको हो । सत्तारुढ राजनीतिक दलका नेताहरुदेखि आम जनताका विरोधका श्वरहरु उठिरहेकाबेला संघीय संसदको दुवै सदनले विधेयक पारित गरेको छ । 

राष्ट्रियसभामा बिहीबार भएको छलफलपछि गृहमन्त्री बालकृष्ण खाँणले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएपछि बहुमतले विधेयक पारित भएको छ । विधेयक प्रतिनिधि सभाले गत ६ साउनमा पारित गरिएको थियो ।

नागरिकता विधेयक पारितसँगै नेपालमा अब मुख्यतया नौवटा परिवर्तन आउने भएको छ । पहिलो, जन्मसिद्धका सन्तानले नागरिकता पाउनेछन् । विधेयकले जन्मका आधारमा नागरिकता पाएका (जन्मसिद्ध नागरिक)का सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ । २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मका आधारमा नागरिकता दिइएको थियो ।

नेपालमा झन्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन् । जन्मसिद्ध नागरिकका सन्तानलाई वंशज नागरिकता दिने व्यवस्था संविधानमा छ । तर, कानुन नभएकाले जन्मसिद्धका सन्तानले नागरिकता पाएका छैनन् ।

यसअघि देशैभर स्वस्फूर्त नागरिकहरु अमेरिकी सहयोग परियोजना (एमसीसी)को विरोधमा सडकमा उत्रिरहँदा सत्ता गठबन्धन दलहरुले १२ बँुदे ब्याख्यात्मक टिप्पणी अघि सारेर एमसीसी संसदबाट पारित गरेका थिए । जनताका विरोधकाबीच एकपछि अर्को गरी दलहरु मिलेर सदनबाट विवावित विषयहरु पारित गर्दै गइरहेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद