Media Network

विप्लवका उम्मेदवारको चुनाव खर्च २ लाख


खबरस्टोरी संवाददाता

२९ जेष्ठ २०७९,आईतवार

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका स्वतन्त्र उम्मेदवार श्याम शर्मा भुसालले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । शर्मा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको स्थानीय तह निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिएका थिए । कुल २८ हजार ५७ मतदाता रहेको देवचुली नगरपालिकामा शर्माले ४ सय ३४ मत मात्रै पाएका थिए । 

शैक्षिक अभियन्ताका रुपमा परिचित भुसालले देवचुली नगरपालिकाको नवनेपाल आधारभूत विद्यालयमा चुनावी समिक्षा कार्यक्रम आयोजना गरी आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका हुन् । उनले निर्वाचनमा एक लाख छयानब्बे हजार दुई सय पच्चिस रुपैया खर्च भएको जानकारी दिए । 

भुसालले निर्वाचनको लागि पारिवारिक श्रोतबाट दुई लाख बीस हजार एक सय रुपैया जम्मा भएको पनि बताए । आफूलाई निर्वाचनका लागि जम्मा भएको रकम पनि सबै खर्च नभएको बताए । 

भुसालले निर्वाचनमा पर्चापम्प्लेटमा ६७ हजार, सवारीसाधनमा ३४ हजार ५ सय ३०, फ्लेक्स प्रीण्टमा ११ हजार, झण्डामा २० हजार ९ सय ८५, साउण्ड सिस्टममा ४ हजार, विज्ञापनमा १५ हजार, खाजा तथा खानामा ३२ हजार ७ सय १०, स्टेसनरीमा एक हजार, उम्मेदवारी दर्तामा एक हजार पाँच सय, इन्धनमा ३ हजार पाँच सय तथा विविधमा ५ हजार खर्च भएको जानकारी दिए । 

उनले आफू बिजयी नभए पनि देवचुली नगरपालिकामा भ्रष्टाचारको अन्त्य गर्न र सुशासनका लागि निरन्तर खबरदारी गरिरहने प्रतिवद्धता जनाए । 

विप्लव नेकपा भने पार्टी निर्णय विपरित नेतृत्वले नै नेता कार्यकर्तालाई निर्वाचनमा सहभागी गराएको विषययमा विवाद भई पार्टी विभाजित भइकेको छ । असन्तुष्ट समूहले धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा (बहुमत) गठन गरेका छन् । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद