Media Network

अमेरिका र भारतले चीनको सीमा नजिकै सैन्य अभ्यास गर्ने


खबरस्टोरी संवाददाता

२६ श्रावण २०७९,बिहीबार

एजेन्सी । अमेरिका र भारतले चीनको सीमानामा आउदो अक्टोबरमा संयुक्त रुपमा संन्य अभ्यास गर्ने भएका छन् ।

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र संयुक्त राज्य अमेरिका बीचमा जारी तनाबका बीच अमेरिका र भारतले आउदो अक्टोबरमा चीनसंग सिमा जोडिएको उत्तराखण्डमा सैन्य अभ्यास गर्ने निर्णय गरेको निक्की एशिया रिर्पोर्टलाई उदृुद्ध गर्दै भारतिय सञ्चार माध्यम हिन्दुस्थान टाइम्सले जनाएको छ ।

यो सैन्य अभ्यास अक्टोबर १८ देखि ३१ सम्म उत्तराखण्डको औलीमा १०,००० फिटको उचाइमा हुनेछ र उच्च उचाइमा रहेको लडाई प्रशिक्षणमा केन्द्रित हुनेछ । अभ्यास उच्च उचाइको प्रशिक्षणमा केन्द्रीत हुने अमेरिकी सेना प्यासिफिकलाई उद्धृत गर्दै जनाइएको छ ।

अमेरिकी सेना प्यासिफिकका मेजर जोनाथन लुइसले निक्की एशियालाई भने  “यस वर्षमा हुने अभ्यासको रणनीति चिसो मौसममा हुने अप्रेसनमा र उच्च उचाइमा केन्द्रीत छ, जसले वातावरणमा फरक चुनौतीहरू खडा गर्ने छ।”

औली भारत र चीनबीचको विवादित सिमाना वास्तविक नियन्त्रण रेखा ९एलएसी० बाट करिब ९५ किलोमिटर टाढा छ। भारतले यसअघि सन् २०१४, २०१६ र २०१८ मा पनि उत्तराखण्डमा वार्षिक सैन्य अभ्यासको आयोजना गरिसकेको छ। तर ती अभ्यासहरू सीमाबाट ३०० किलोमिटरभन्दा टाढाको तराईमा भएका थिए।

Share:
Reaction :
ताजा समाचार
खेलकुद