Media Network

चीनको स्वास्थ्य आयोगले अबदेखि दैनिक कोभिड तथ्याङ्क सार्वजनिक नगर्ने


खबरस्टोरी संवाददाता

१० पुष २०७९,आईतवार

काठमाडौँ।विगत तीन वर्षदेखि देशमा दैनिक कोभिड १९ को तथ्याङ्क सार्वजनिक गर्दै आएको चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले आइतबारदेखि यस्तो तथ्याङ्क जारी नगर्ने जनाएको छ ।

‘सन्दर्भ र अनुसन्धानको लागि चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र ९सीडीसी० ले सान्दर्भिक कोभिड जानकारी मात्र प्रकाशित गर्नेछ’, एनएचसीले एक विज्ञप्तिमा भनेको छ । परिवर्तनको कारण र  सीडीसीले कोभिड जानकारी कति पटक अपडेट गर्नेछ भन्ने बारेमा भने केही उल्लेख गरेको छैन ।

चीनमा लगभग ३ करोड ७० लाख मानिस यस हप्ता एकै दिन कोभिड–१९ बाट संक्रमित भएको हुन सक्ने सरकारको शीर्ष स्वास्थ्य निकायले अनुमान गरेको छ ।

डिसेम्बरको पहिलो २० दिनमा करिब २४ करोड ८० लाख मानिस वा जनसंख्याको झण्डै १८ प्रतिशतमा यो भाइरसको संक्रमण भएको हुनसक्ने चीनको राष्ट्रिय स्वास्थ्य आयोगको बैठकको छलफलमा संलग्न व्यक्तिहरूले पुष्टि गरेका थिए ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद