Media Network

इजरायलद्वारा लेबनानसँगको सीमा सम्झौता अनुमोदन


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७९,शुक्रबार

काठमाडौं। इजरायल सरकारले लेबनानसँगको समुद्री सीमा सम्झौतालाई अनुमोदन गरेको छ । प्रधानमन्त्री यायर ल्यापिडको कार्यालयले आज एक विज्ञप्ति निकालेर दुई मुलकबीच भएको समुद्री सीमाङ्कन सम्झौतालाई अनुमोदन गरिएको बताएको हो । 

लेबनान र इजरायलले गत असोज २५ गते पूर्वीभूमध्यसागरको सिमाना विवाद समाधान गर्न सहमत भएको घोषणा गरेका थिए । उक्त घोषणाको संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले स्वागत गरेको छ ।

समुद्री सीमा विवाद अन्त्य गर्न भएको यो ऐतिहासिक सम्झौताले भूमध्यसामगरमा लामो समयदेखि जारी रहेको दुई देशबीचको द्वन्द्व समाप्त भएको छ । समुद्री सीमालाई लिएर सन् १९४८ देखि दुवै मुुलुक युद्धको अवस्थामा थिए ।

लेबनान र इजरायलले आफ्नो समुद्री सीमाको विवाद अन्त्य गर्न र त्यसलाई स्थायीरूपमा समाधान गर्न भएको सम्झौताको सुरक्षा परिषद्का सदस्य राष्ट्रले स्वागत गरेका हुन् । दुवै देशको उक्त निर्णयले मध्यपूर्वको स्थायित्व, सुरक्षा र समृद्धिमा योगदान पुग्ने विश्वास परिषद्ले व्यक्त गरेको छ ।

इजरायल र लेबनानबीचको सहमतिले दुवै देश र त्यहाँका जनतालाई फाइदा पुग्ने तथा पूर्वीभूमध्यसागरमा रहेको ऊर्जा स्रोतबाट दुवै पक्षलाई समानरूपमा लाभान्वित तुल्याउन अवसर मिल्ने परिषद्ले विज्ञप्ति निकालेर जनाएको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद