Media Network

लेबनानमा ६० जना यात्रु बोकेको डुङ्गा डुब्यो


खबरस्टोरी संवाददाता

११ बैशाख २०७९,आईतवार

काठमाडौं । ६० जना यात्रुहरु बोकेको डुङ्गा लेबनानको उत्तरी सहर त्रिपोली नजिक समुद्रमा डुबेको छ । रेडक्रसले सामाजिक सञ्जालमा पोष्ट गर्दै लेबनानको त्रिपोली शहरको तटपारी डुङ्गा डुबेको जानकारी दिएको हो ।

उक्त डुङ्गामा लेबनान छाडेर विदेश जान चाहने आप्रवासी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हावाहुरीका साथै समुद्रमा आएको उच्च छालका कारण डुङ्गा डुबेको अनुमान गरिएको छ ।

डुङ्गा दुर्घटनामा परी एक जनाको मृत्यु भएको अरु ४५ जनाको उद्धार गरिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

तर रेडक्रसका अधिकारीहरुले यस दुर्घटनाको अनुसन्धान सुरु भएको र अहिले नै के कारणले यो डुंगा डुबेको हो भन्ने बारेमा पत्ता नलागिसकेको जनाएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद