Media Network

रुसमाथि थप प्रतिबन्ध लगाउन जेलेन्स्कीको आह्वान


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७८,मंगलवार

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन पश्चिमेली देशहरुसमक्ष अनुरोध गरेका छन् । रुसी सेनाले युक्रेनमा आक्रमण तीव्र पारिरहेका बेला जेलेन्स्कीले रुसमाथि थप प्रतिबन्ध लगाउन अनुरोध गरेका हुन् ।

रुसमा उत्पादित सामग्री बस्किार गर्न र त्यहाँको तेल आयात नगर्नसमेत उनले अनुरोध गरेका छन् । यसअघि पश्चिमा देशहरुले रुसमाथि एकपछि अर्को प्रतिबन्ध लगाएका थिए । 

यसैबीच, रुसी सेनाको हमलामा दशौँ हजार सर्वसाधारण विभिन्न सहरमा फसेको विवरण सार्वजनिक भएका छन् । रुस र युक्रेन सरकारका प्रतिनिधिबीच तेस्रो चरणको वार्ताको तयारी भएको बीबीसीले जनाएको छ ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद