Media Network

युक्रेन–रुस युद्ध प्रभावः अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा नयाँ रेकर्ड


खबरस्टोरी संवाददाता

२४ फाल्गुन २०७८,मंगलवार

काठमाडौं । युक्रेन संकट र विश्व बजारमा इरानको तेल आउन ढिलाइका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यले रेकर्ड तोडिरहेको छ । यसको प्रभाव नेपालमा पनि परेको छ । 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै नेपालमा पनि इन्धनको मूल्य बढाइएको छ । 

युक्रेन–रुस युद्धकै कारण इन्धनको मूल्य भारी वृद्धि हुने भएको छ । भारतमा पनि पुनः इन्धनको मूल्य बढाउने तयारी गरिएको भारतीय मिडियाहरुले समाचार लेखेका छन् । 

भारतको पाँच राज्यमा विधानसभा चुनाव चलिरहेको छ । पाँच राज्यको विधानसभा चुनाव सकिएपछि भारतमा पनि तेलको मूल्य प्रतिलिटर ५ देखि ६ रुपैयाँले बढ्न सक्ने बताइएको छ ।

केही सरकारी इन्धन बिक्रेताले अन्तर्राष्ट्रिय बजारको असरलाई कम गर्न प्रतिलिटर भारु ५ देखि ६ रुपैयाँसम्म मूल्यवृद्धि गर्नुपर्नेबारेमा सरकारसँग छलफल गरिरहेको विज्ञहरुले बताएका छन् ।

५ देखि ६ रुपैयाँसम्म मूल्य वृद्धि गर्दा खुद्रा विक्रेताहरूलाई हालसम्मको घाटा पूर्ति गर्न मद्दत गर्नेछ । अहिले बिक्रेताले प्रतिलिटर १२ रुपैयाँ घाटा बेहोर्नु परेको छ ।

अहिले कर कटौती गर्नेतर्फ भारत सरकारले पनि कुनै ध्यान नदिएको विज्ञहरुले बताएका छन् । तर, कच्चा तेलको मूल्य लामो समयसम्म बढिरह्यो भने यो कदम पनि उठाउन सकिन्छ । यस्तो अवस्थामा केन्द्र र राज्य दुवै सरकारले कर छुट दिनेछन् । यसले गर्दा तेल कम्पनीको घाटा केही हदसम्म कम हुने र उपभोक्तामाथिको भार पनि कम हुने बताइएको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद