Media Network

युक्रेनमाथि रुसी हमला १७ औं दिनमा जारी


खबरस्टोरी संवाददाता

२८ फाल्गुन २०७८,शनिबार

काठमाडौं । रुसले युक्रेन युद्ध शुरु भएको १७ औं दिनमा आज (शनिवार) पनि रुसले आक्रमण जारी राखेको छ । रुसले युक्रेनका अधिकांश सहरहरुमा र युक्रेनी सेनाको क्याम्पहरुमा आक्रमण गरि ध्वस्त बनाएको छ । 

युक्रेनको मारिउपोल खाली गर्न भन्दै रुसले शुक्रबार आक्रमण रोकेको बताएको थियो । रुसी आक्रमण रोकेको बताइए पनि विभिन्न ठाउँमा विस्फोटका आवाजहरु आइरहेको समाचार एजेन्सीहरुले जनाएका छन् ।  

बेलायतले रुसमाथि नयाँ प्रतिबन्ध लगायो

बेलायतले मस्कोमाथि नयाँ प्रतिबन्ध घोषणा गरेको छ । बेलायतले रुसी तल्लो सदन डुमाका ३८६ सांसदहरुलाई लक्षित गर्दै नयाँ प्रतिबन्ध लगाएको हो । ती सबै सांसदहरुले युक्रेन हमलामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कदमलाई  समर्थन जनाएका थिए ।

उनीहरूलाई बेलायत यात्रा गर्न र बेलायतमा रहेको कुनै पनि सम्पत्तिमा पहुँच राख्न प्रतिबन्ध लगाइएको बेलायतको विदेश मन्त्रालयले जनाएको छ ।

फेब्रुअरीमा पूर्वी युक्रेनमा बिखन्डनकारीको नियन्त्रणमा रहेको लुहान्स्क र दोनेत्सक क्षेत्रलाई मान्यता दिएका थिए । सो मान्यता रुसी युद्धका लागि बहाना बनेको  विदेश मन्त्रालयले जनाएको छ ।

‘हामी युक्रेनमा पुटिनको अवैध आक्रमणमा संलग्न र यस बर्बर युद्धलाई समर्थन गर्नेहरूलाई लक्षित गर्दैछौं,’ विदेशमन्त्री लिज ट्रसले भने । सरकारले बिहीबार चेल्सी फुटबल क्लबका रुसी मालिक रोमन अब्रामोभिचको सम्पत्ति रोक्का गरेको थियो । 

प्रधानमन्त्री बोरिस जोनसनलाई धनाढ्य रुसीहरू विरुद्ध कारबाही गर्न ढिलाइ गरेको र सोभियत संघको पतन पछि लन्डन हुँदै पार भएको रुसी पैसामा आँखा चिम्लिएको आरोप लागेको थियो । रुसी जहाज र विमानलाई यसअघि नै बेलायत सरकारले प्रतिबन्ध लगाइसकेको छ । 

....

रुसी आक्रमणको १६ औं दिनमा के भए ? 

- रुसी सेनाले युक्रेनी बन्दरगाह सहरलाई घेराबन्दी ।  

- अमेरिका र उसका सहयोगीहरूले युद्ध अन्त्य गर्न मस्कोलाई दबाब कायमै । 

- युक्रेनमा रुसले बम आक्रमण अझ फैलाउँदै । 

- युक्रेनको पूर्वी–मध्य शहर डिनिप्रो र पश्चिमी लुत्स्क र इभानो–फ्रान्किभस्कको एयरफिल्डहरूमा छापा । 

- रुसी सेना युक्रेनको राजधानी कीभ नजिक आक्रमणका लागि तयार । 

- रूसी गोलाबारीले फेरि मारिउपोलबाट निकासी अवरुद्ध गरेको र त्याहाँ अवस्था गम्भीर रहेको युक्रेनी अधिकारीहरूको भनाई । 

- राष्ट्रपति भ्लादिमिर पुटिनलाई युद्ध अन्त्य गर्न दबाब दिने अभियानको बीचमा अमेरिका र यसका शीर्ष सहयोगीहरूद्वारा रुसको “मोस्ट फेवर्ड नेशन“ को दर्जा खारेज । 

- कीभले अमेरिकी समर्थित जैविक हतियार प्रयोगशालाहरू सञ्चालन गरिरहेको मस्कोको आरोपलाई संयुक्त राष्ट्रसंघका लागि युक्रेनका राजदूतद्वारा ‘पागल भ्रम’ भनी टिप्पणी ।  

Share:
Reaction :
ताजा समाचार
खेलकुद