दलहरू अहिले क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आन्तरिक तयारीमा जुटेका छन्। बागमती प्रदेशमा नेकपा एमाले, माओवादी केन्द्र र राप्रपाबाट मन्त्री थप मन्त्री पठाइनेछ। अहिले नेकपा एमाले संसदीय दलका नेता थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापा विनाविभागीय मन्त्री छन्।
कर्णालीमा पनि दलहरूले मन्त्रालयको भागवण्डा टुंगो लगाइसकेका छन्। कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच मन्त्रालय भागवण्डाको विषयमा मंगलबार सहमति भइसकेको छ।
नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय पाएको छ। एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको हो।