Media Network

भक्तपुर २ मा एमालेका महेश बस्नेत कांग्रेसका दुर्लभ थापासँग पराजित


खबरस्टोरी संवाददाता

८ मंसिर २०७९,बिहीबार

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका छन् । बिहीबार बिहान सकिएको मत गणनामा थापाले नेकपा एमालेका महेश बस्नेतलाई ८२३ मतान्तरले हराएका हुन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार थापाले २३ हजार ५०० मत पाए भने निकटतम प्रतिद्वन्द्वी बस्नेतले २२ हजार ६७७ मत पाए । नेमकिपाकी अनुराधा थापा मगरले ६ हजार ९५४, राष्ट्रिय स्वतन्त्र पार्टीका साजन विकले ३८२० र राप्रपाका मोहन केसीले २४८६ मत पाएका छन् ।




Share:
Reaction :
ताजा समाचार
खेलकुद