Media Network

भानुभक्तलाई पछि पार्दै मोरङ ३ बाट कांग्रेसका शुनिल शर्मा विजयी


खबरस्टोरी संवाददाता

१० मंसिर २०७९,शनिबार

कठमाडौँ।मोरङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस उम्मेदवार डाक्टर शुनिल शर्मा विजयी भएका छन् । एमाले उम्मेदवार भानुभक्त ढकाल र राप्रपाकी रेखा थापालाई फराकिलो मतान्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी हुँदा ढकालले २५ हजार ८९५ मत मात्रै पाए ।  राप्रपाबाट उम्मेदवार बनेकी रेखा थापाले १० हजार ९८८ मत ल्याएर तेस्रोमा सीमित भइन् ।

२०७४ सालको निर्वाचनमा भानुभक्त ढकालसँग शर्मा पराजित  भएका थिए । यो पटक  शर्माले ठूलो मतान्तरसहित ढकाललाई पराजित गरेर बदला लिएका हुन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद