Media Network

बानेश्वरमा आत्मदाहको प्रयास गर्ने प्रेमप्रसादको निधन


खबरस्टोरी संवाददाता

११ माघ २०७९,बुधबार

काठमाडौं। संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाहको प्रयास गर्ने युवाको निधन भएको छ।  

उनको आज बिहान ५ बजे उपचारका क्रममा निधन भएको कीर्तिपुरस्थित बर्न अस्पतालले जनाएको छ ।उनको शरिरको अधिकांश भाग जलेको थियो ।मंगलबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय प्रेमप्रसाद आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। 

घटनास्थलबाट तत्कालै उद्दार कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।  मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डाक्टर तोसिमा कार्की पनि उनलाई भेट्न अस्पताल पुगेकी थिइन्। उनको शव अहिले अस्पतालमा नै रहेको डाक्टर नकर्मीले बताए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद