मुख्य सचिव लीलादेवी गड्तौला शुक्रवारदेखि अवकाशमा जान लागेकाले सरकारले आज मुख्यसचिव नियुक्त गरेको हो। सबैभन्दा वरिष्ठ सचिव योजना आयोगका तोयनारायण ज्ञवाली थिए। दोस्रो नम्बरमा खरिद अनुगमन कार्यालयका सचिव रामकृष्ण सुवेदी र तेस्रो नम्बरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई थिए।