Media Network

डडेल्धुरामा देउवालाई पछ्याउँदै सागर, दोब्बर मतले अगाडि


खबरस्टोरी संवाददाता

६ मंसिर २०७९,मंगलवार

डडेल्धुरा । डडेल्धुराको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतानतर बढाउदै अग्रता कायम राखेका छन् ।

हालसम्म १० हजार आठ सय ७० मत गणना हुँदा उनले ५ हजार ६ सय २१ मत प्राप्त गरेका छन् । सभापती देउवाले निकटतम प्रतिस्पर्धीभन्दा तीन हजार २२ मतले आफ्नो अग्रता कायम राखेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले दुई हजार पाँच सय ९९ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसैगरी, नेपाली कांग्रेस वीपीका कर्णबहादुर मल्लले एक हजार छ सय ३६ मत पाउनुभएको छ भने छ सय ५६ मत बदर भएका छन् ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद