Media Network

गृह मन्त्रालयमा जानेबारे नारायणकाजी भन्छन्- प्रधानमन्त्रीको निर्णय मान्छु


खबरस्टोरी संवाददाता

१३ चैत्र २०७९,सोमबार

काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले आफू पार्टी र प्रधानमन्त्रीको निर्णयअनुसार अघि बढ्ने बताएका छन् ।
सोमबार मन्त्रालयको कार्य प्रगति विवरणबारे जानकारी दिन मन्त्रालयमा आयोजित कार्यक्रममा तपाईं गृह मन्त्रालय जान लाग्नुभएको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘म पार्टीको सिफारिस, प्रधानमन्त्रीको निर्णय र निर्देशनअनुसार काम गर्छु। अहिले त्यसबारेमा कुनै निर्णय भएको छैन ।’
उनले अब केही दिनमा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए । मन्त्री श्रेष्ठले भने, ‘हाम्रो सरकारले जुन समीकरण निर्माण गरेर काम गरेको थियो । राजनीतिक परिस्थितिमा आएको फेरबदलपछि सरकारको समीकरण परिवर्तन भएको छ । अहिले मन्त्रिपरिषद्ले पूर्णता पाइसकेको छैन । हामी छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा छौं । केही दिनभित्रै हुन्छ। ’
राजनीतिक समीकरण परिवर्तन भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याउने तयारी गरेका छन् ।
Share:
Reaction :
ताजा समाचार
खेलकुद